देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाकाबन्दी खोल्न मधेसी मोर्चाले मानेन

देशान्तर

काठमाडौं । ९ माघको वार्ता भाँडिएपछि अनौपचारिक संवादमा समेत नरहेका प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरूबीच ११ दिनपछि सोमबार वार्ता भएको छ। राज्य व्यवस्था समितिको हलमा भएको वार्तामा मोर्चाबाट महन्थ ठाकुर मात्रै सहभागी थिए।

उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव भारतको बिहारमा रहेकाले सहभागी भएनन् । तीन दल र मोर्चाको कार्यदललाई पुनस् सक्रिय बनाउने सहमति भएको छ। ‘उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र उक्त संयन्त्रको टिओआर बनाएर तीन महिनाभित्र टुंगो लगाउने गरी छलफल गर्न कार्यदललाई सक्रिय बनाउने सहमति भयो,’ वार्तामा सहभागी एमाले वरिष्ठ नेता झलनाथ खनालले भने ।

७ माघमा जुन बिन्दुमा कुरा अड्किएको थियो, त्यही बिन्दुबाट कार्यदलले काम सुरु गर्ने सहमति भएको उनको भनाइ थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।
 

]]>