देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुरुङ मार्ग निर्माणमा लगानी समस्या, अध्यक्ष जोशीले दिए राजीनामा

देशान्तर

काठमाडौं । काठमाडौ–कुलेखानी–हेटौँडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्ष पहिले सरकारसँग सम्झौता गरेको उक्त कम्पनीले लगानी जुटाउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका जोशीले चौतर्फी दबाब थेग्न नसकी आइतबार पद छाडेका हुन्।

 कम्पनीमा बुझाइएको राजीनामा पत्रमा ‘व्यक्तिगत कारण’ पद त्यागेको उल्लेख गरिएपनि स्थानीय लगानीकर्ता समेतको डेढ महिना लामो धर्नापछि उनले राजीनामा दिएका हुन्।  जोशीले आफूलाई पदबाट राजीनामा दिएको स्वीकार्दै नयाँ लगानीकर्ता नआएसम्म जिम्मेवारीबाट भने नहट्ने बताए।

केही बोर्ड सदस्यको धम्कीपछि आफूले बाध्यतामा राजीनामा दिएको उनले बताए। केही बोर्ड सदस्यले राजीनामा नदिए आफ्नो घर घेर्नेसम्म धम्की दिएको उनले आरोप लगाए। जोेशीको राजीनामाबारे माघ २७ को बोर्ड बैठकले निर्ण लिने कम्पनी स्रोतले जनाएको छ।  नागरिक दैनिकमा समाचार छ।

]]>