देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसिया प्रशान्त क्षेत्रमा असुरक्षित गर्भपतन गराउने बढी

देशान्तर

काठमाडौँ । एसिया प्रशान्त क्षेत्रमा एक करोड १० लाख महिलाले असुरक्षित गर्भपतन गराएको पाइएको छ । 

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले आज थाइल्यान्डमा सार्वजनिक गरेको ‘युवा वर्गको यौन तथा प्रजनन स्वास्थ्य, वर्तमान कार्य र नीतिको एक विश्लेषण सन् २०१५’ विषयको प्रतिवेदनमा एक वर्षको अवधिमा यौन तथा प्रजनन क्षेत्रमा सो क्षेत्रको अवस्था एकदमै दयनीय रहेको देखाइएको छ । असुरक्षित यौन सम्बन्ध र जनचेतनाको अभावका कारण पनि महिला बढी नै प्रताडित भएको प्रतिवेदनमा भनिएको छ । 

कोषको प्रतिवेदनमा भनिएको छ ‘“३४ प्रतिशतभन्दा बढी महिलाले असुरक्षित तवरले गर्भपतन गराएको र त्यसमा २५ वर्षभन्दा कम उमेर समूहका महिलाको सङ्ख्या बढी रहेको छ । यस्तै ६६ प्रतिशत बढी महिलालाई त यौन तथा प्रजनन स्वास्थ्यका बारेमा समेत जानकारी नै छैन ।“ 

यस्तै पछिल्लो १२ महिनामा मात्रै पाँच लाख २० हजार युवामा एड्स तथा एचआइभी सङ्क्रमित रहेको पाइएको छ । यस्तै १५ देखि १९ वर्ष उमेर समूहका युवती यौन हिंसामा पर्ने गरेको समेत प्रतिवेदनमा उल्लेख छ । 

नेपालसहित यस क्षेत्रमा ३६ मुलुकमा गरिएको अध्ययनमा कोषले अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको अवस्था गम्भीर रहेको पाइएको उल्लेख गरेको छ । कोषका एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक योरिका यासकुकावाले विश्वव्यापीकरण र विकासका कारण मानव समाज क्रमशः परिवर्तन हुँदै गए पनि नीतिनियम र कानुनमा सार्थक परिवर्तन गर्नुपर्ने तथा युवा समूहलाई उचित चेतना र ज्ञान बाँड्नुपर्नेमा जोड दिए । 

]]>