देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘निषेधको राजनीति अतिवादको परिचायक’

देशान्तर

जनकपुरधाम। नेपाली काँग्रेस धनुषाले केही दिनदेखि मधेसकेन्द्रित दलका केही व्यक्तिले काँग्रेसका नेता र सभासद्का घरमा आगजनी एवंम् ढुङ्गामुढा गर्ने जस्ता क्रियाकलाप गरिरहेकामा आपत्ति जनाएको छ । 

नेपाल प्रेस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी जिल्ला सभापति रामसरोज यादवले निजी घरमा आगजनी र ढुङ्गामुढा गर्नु निन्दनीय भएको बताउँदै काँग्रेसका लागि अधिवेशन आन्तरिक जीवनको विषय भएकाले त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निषेधात्मक प्रदर्शन गर्नु अतिवादको परिचायक भएको बताए ।

सभापति यादवले मोर्चाले अधिवेशन बिथोलेको कुरामा सत्यता नभएको बताउँदै अधिकांश गाविसमा अधिवेशन भइसकेको पनि प्रस्ट गरे ।

]]>