देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महोत्तरी र धनुषाको यातायात सञ्चालनमा

देशान्तर

गौशाला। आइतबारदेखि बन्द महोत्तरी र धनुषाका यातायात सेवा आजदेखि पुनः सञ्चालनमा आएका छन् । 

संयुक्त लोकतान्त्रिक मधेरी मोर्चाले आह्वान गरेको यातायात बन्द फिर्ता लिएसँगै आजदेखि जलेश्वर–जनकपुर, जलेश्वर–बर्दिबास, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–मटिहानी सडकखण्डमा यातायात सञ्चालनमा आएका हुन् । 

त्यस्तै धनुषा सदरमुकाम जनकपुरमा पनि सार्वजनिक यातायातका साधन सञ्चालनमा आएको जनकपुर अञ्चल बस व्यवसायी सङ्घले जनाएको छ । पाँच महिनापछि गत बुधबारदेखि मात्रै सञ्चालनमा आएको सार्वजनिक यातायात सेवा बीचमा रङ्गेली र जनकपुर घटनाका कारण दुई पटक बन्द भएर आजदेखि सञ्चालनमा आएको हो ।

]]>