देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंकको दोलखाको गाउँमा शाखारहित बैंकिङ्ग सेवा

देशान्तर

काठमाण्डौैं । सिटिजन्स बैंक इन्टरनेसनले दोलखाको सुस्माछमावती गा.वि.समा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  यु. के. एडको लगानिमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँनको उद्देश्यका सेवा विस्तार गरिएको बैंकले जनाएको छ । 

यो सँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाको संख्या कुल ८० पुगेको छ । शाखा रहित बैंकिङ्ग सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।

]]>