देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारुको अवैध कारोबार मौलायो सीमानाकामा

देशान्तर

भैरहवा। सीमा क्षेत्रमा भारतीय मुद्राको अवैध कारोबारले मनिचेन्जर व्यवसायी मारमा परेका छन् । 

लुम्बिनी मनिचेन्जर सङ्घले भारतीय मुद्रामा देखिएको समस्या तथा समाधानको लागि सीमा क्षेत्रमा भारतीय रुपैयाँको सङ्कलन केन्द्र आवश्यक भएको बताएको छ । 

सङ्घका कार्यबाहक अध्यक्ष गोपाल भण्डारीका अनुसार दैनिक लाखौँं भारतीय रुपैयाँको अवैध कारोबार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले नेपाल र भारतबीचको व्यापार असन्तुलनको मुख्य कारण भारतीय रुपैयाँको अवैध कारोबार भएको बताए ।

नेपाल राष्ट्र बैंक भैरहवा शाखा प्रमुख श्रवण अधिकारीले विदेशी विनियम २०१९ अनुसार मनिचेन्जरलाई विदेशी मुद्राको सटहीको अख्तियारीसहित इजाजत दिएको हुँदा उनीहरुको नियमन र निरीक्षण गर्दा राष्ट्र बैंँकसँग समन्वय र सहकार्य गर्नुपर्ने बताए । डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग तथा नगदको कारोबार कम गरेमा अवैध धन्दा रोक्न सहयोग पुग्ने उनको भनाइ छ । सटही गर्दा प्रति रुपैयाँ अधिकतम ४० पैसासम्म मनिचेन्जर सन्चालकले कमिसन राख्न पाउने नियम छ ।

]]>