देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले दिएन पूर्वप्रधानमन्त्री कोइराला र भट्टराईको अन्त्येष्टि खर्च

देशान्तर

काठमाडौं । लामो राजनीतिक संघर्षसँगै राष्ट्र र सरकार प्रमुखको समेत जिम्मेवारी सम्हालेका गिरिजाप्रसाद कोइरालाको निधन भएको ६ बर्ष बितिसकेको छ । अर्का सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पनि निधन भएको पाँच बर्ष बितिसकेको छ ।

सरकारले दुबै प्रधानमन्त्रीलाई राजकीय सम्मानका लागि सरकारी खर्चमै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय गर्‍यो । तर, पटक–पटक प्रधानमन्त्री भैसकेका पूर्वप्रधानमन्त्रीद्वयको अन्त्येष्टि खर्च भने सरकारले अझै तिरेको छैन ।

पूर्वप्रधानमन्त्री कोइरालाको अन्त्येष्टिमा करिब २५ लाख रुपैयाँ र अर्का पूर्वप्रधानमन्त्री भट्टराईको अन्त्येष्टिमा करिब ४ लाख रुपैयाँ खर्च भएको थियो । राजधानी दैनिकमा समाचार छ।

]]>