देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले केन्द्रीय कमिटी र पोलिटव्युरो भूमिकाविहीन

देशान्तर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र पोलिटव्युरो कमिटी भूमिकाविहीन भएका छन् । महाधिवेशनपछि पोलिटव्युरोको बैठक जम्मा एकपटक बसेको छ भने भूकम्पका बेला आधा घण्टा बसेको केन्द्रीय कमिटीको बैठक त्यसयता बसेको छैन । जेठको दोस्रो साता केन्द्रीय कमिटी बैठक बसेको थियो । त्यसयता संविधान पारित भएको छ ।

एमालेका नेता राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री भएका छन् । देश नाकाबन्दीले संकटमा छ, तर यी कुनै पनि विषयमा निर्णय गर्ने भूमिका केन्द्रीय कमिटीले पाएको छैन । एमाले विधानमा भने कम्तिमा ६ महिनामा एकपटक केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था छ । तर, अध्यक्ष केपी ओलीले बैठक नडाकी धेरैजसो निर्णय आफै र केही निर्णय स्थायी समितिबाट गराएका छन् । एमाले विधानमा दुई महिनामा एकपटक पोलिटव्युरो बैठक बस्ने व्यवस्था छ ।

तर, १९–२४ असार ०७० मा सम्पन्न पार्टीको नबौ महाधिवेशनयता एकपटक मात्रै पोलिटव्युरो बैठक बसेको छ । महाधिवेशनयता एकपटक पोलिटव्युरो बैठक बस्यो, १५ दिनमा स्थायी समिति बैठक बस्ने व्यवस्था भए पनि १६ मंसिरदेखि त्यो पनि बस्न सकेको छैन,’ एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, बैठक कति अवधिमा बस्नुपर्छ भन्ने थाहा छ, तर भुईंचालो, अघोषित नाकाबन्दीलगायतका कारण पनि यस्तो भएको हो ।’   नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>