देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्दोलनक राजधानी केन्द्रित गर्ने मोर्चाको तयारी

देशान्तर

काठमाडौँ । मधेसवादी दलका नेताहरुले मधेसको आन्दोलन अन्तिम निष्कर्षमा पुर्याउन आफूहरुले चाँडै नै बैठक बसी राजधानी केन्द्रित सशक्त आन्दोलन सुरु गर्ने बताएका छन् । 

उनीहरुले सरकारले जतिसक्दो छिटो मधेसी जनताको माग सम्बोधन गरे त्यति छिटो हडताल र नाकाबन्दी अन्त्य हुने बताएका छन् । 

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा वक्ताहरुले सरकारको गलत क्रियाकलाप तथा मधेस विरोधी चिन्तन र मधेसलाई उपेक्षा गर्ने प्रवृत्ति अन्त्य नभएसम्म देश र जनताले अझै धेरै दुःख पाउने बताए । 

सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले मधेस आन्दोलनलाई निष्कर्षमा पु¥याउन आन्दोलनको स्वरुप परिवर्तन गरी राजधानी केन्द्रित जनविद्रोह सुरु गर्ने जानकारी दिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणाले मधेसका जनताको भावनालाई कदर गरी कति प्रदेश कसरी बनाउने र प्रदेशको स्वरुप कस्तो हुने भन्ने कुरामा राजनीतिक दलहरुबीच सहमति बन्नुपर्ने कुरामा जोड दिए । 

सो अवसरमा सदभावना पार्टीका महामन्त्री मनिषकुमार सुमनले मधेस आन्दोलन मधेसी जनताको न्यायको लडाइँ भएकाले यसको सम्बोधन छिटोभन्दा छिटो गर्नुपर्नेमा जोडदिँदै मधेस आन्दोलन कुनै भूगोलविरुद्धको आन्दोलन नभएको स्पष्ट पारे । 

तराई मधेस सदभावना पार्टीका अध्यक्ष रामनरेश रायले पाँच महिनादेखि मधेसीहरु देशको स्वाधीनता, अखण्डताको लागि ज्यानको बाजी थापेर आन्दोलन गरिरहेको बताए । 

 

 

]]>