देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रहेनन् चौधरी ग्रुपका संरक्षक

देशान्तर

लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा आज निधन

काठमाडौं । मुलुकका प्रतिष्ठित उद्योगपति लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा आज अपराह्न निधन भयो ।

लामो समयदेखि फोक्सो, पेटलगायत रोगबाट पीडित चौधरीको नर्भिक अस्पतालमा निधन भएको हो ।

नेपालको औद्योगिक विकासमा योगदान गरेका चौधरीको पूर्वाञ्चलको पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना गरेका । उनी चौधरी ग्रुपका संरक्षक थिए ।

स्वर्गीय चौधरीका तीन छोरा र एक छोरी छन् । चौधरीका जेठा छोरा विनोद चौधरी विश्वकै धनाढ्यहरुको सूचिमा छन् । माइला छोरा बसन्त चौधरी र अरुण चौधरी नेपालका स्थापित उद्योगी हुन् ।

 

]]>