देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधान सेनापति स्वदेश फिर्ता

देशान्तर

काठमाडौं । प्रधान सेनापति महारथी  राजेन्द्र क्षत्री आफ्नो भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज मिति अपरान्ह स्वदेश फिर्ता भएका छन् ।

भारतका स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणा तथा नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रधान सेनापति क्षत्री सप्ताहव्यापी भ्रमणको लागि माघ १८ गते भारत गएका थिए । 

भ्रमणको क्रममा उनलाई राष्ट्रपति भवनमा आयोजित एक बिशेष समारोहमा भारतीय राष्ट्रपति प्रणब मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका थिए । 

भ्र्रमणको क्रममा उनले भारतीय रक्षामन्त्री, गृहमन्त्री, स्थल सेनाध्यक्ष, सेनाका विभिन्न फर्मेशन तथा युनिटका कमाण्डारहरुसंग भेटवार्ता गरेका थिए ।त्यसैगरी वनले  मध्य प्रदेशको ईन्दौरस्थित ईन्फेन्ट्री स्कुल, आर्टिलरी स्कुलको साथै लखनउस्थित  हेडक्वार्टरको निरीक्षण भ्रमण पनि गरेको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । 

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र एक अर्को सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने प्रचलन रहेको छ । प्रधान सेनापती क्षेत्रीले यस्तो परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच परम्परादेखि रहंदै आएको आपसी  सम्बन्धले निरन्तरता पाउनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमुधुर एवम् प्रगाढ बनाउन आफ्नो भ्रमण भएको बताएका छन् । 

नेपाल भारतसम्बन्धमा सेनाप्रमुखहरुको भ्रमणलाई राष्ट्रप्रमुख पछिको सबैभन्दा महत्वपुर्ण भ्रमण मानिन्छ । देशमा भारतले नाकाबन्दी लगाएको अवस्थामा प्रधानसेनापतीको भ्रमणलाई लिएर नेपालमा विभिन्न टिकाटिप्पाणीहरु भएका थिए । 

]]>