देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली प्रमाणपत्रधारी डाक्टरहरु पक्राउ

देशान्तर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले १२ जना नक्कली प्रमाणपत्रधारी डाक्टरहरुलाई पक्राउ गरेको छ । 

सीआईबीका अनुसार पक्राउ परेका डाक्टरहरुसँग नेपाल र  भारतको शैक्षिक संस्थाको एसएलसीको  नक्कली प्रमाणपत्र पेस गरेको पाईएको छ ।  

 सीआईबी डिआईजी हेमन्त मल्ल ठकुरीका अनुसार पक्राउ परेकामध्ये नेपालको एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने एक जना, भारतको प्रमाणपत्र तहको नक्कली सर्टिफिकेट पेस गर्ने १० जना र भारतबाट प्रवेशिका र प्रमाणपत्रको सर्टिफिकेट पेस गर्ने एक जना छन् ।

पक्राउ परेकामध्ये रसियाबाट एमबीबीएस गरेका एक, चीनबाट एमबीबीएस गरेका ५, भारतबाट एक, बंगलादेश एक, पाकिस्तान एक, बीडीएस गरेकामध्ये भारतबाट एक, बंगलादेशबाट एक, पाकिस्तानबाट एक र फिलिपिन्सबाट एक जना छन् ।

 

]]>