काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले १२ जना नक्कली प्रमाणपत्रधारी डाक्टरहरुलाई पक्राउ गरेको छ ।
सीआईबीका अनुसार पक्राउ परेका डाक्टरहरुसँग नेपाल र भारतको शैक्षिक संस्थाको एसएलसीको नक्कली प्रमाणपत्र पेस गरेको पाईएको छ ।
सीआईबी डिआईजी हेमन्त मल्ल ठकुरीका अनुसार पक्राउ परेकामध्ये नेपालको एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने एक जना, भारतको प्रमाणपत्र तहको नक्कली सर्टिफिकेट पेस गर्ने १० जना र भारतबाट प्रवेशिका र प्रमाणपत्रको सर्टिफिकेट पेस गर्ने एक जना छन् ।
पक्राउ परेकामध्ये रसियाबाट एमबीबीएस गरेका एक, चीनबाट एमबीबीएस गरेका ५, भारतबाट एक, बंगलादेश एक, पाकिस्तान एक, बीडीएस गरेकामध्ये भारतबाट एक, बंगलादेशबाट एक, पाकिस्तानबाट एक र फिलिपिन्सबाट एक जना छन् ।
]]>
प्रतिक्रिया