देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेटौँडा कपडा उद्योगका मेसिन कबाडीमा बिक्री गरिँदै

देशान्तर

काठमाडौ । कुनै बेला मुलुकमै सबैभन्दा बढी कपडा उत्पादन गरेको हेटौडा कपडा उद्योग बन्द भएको १६ वर्ष बितिसेकको छ । पछिल्ला वर्ष उद्योग सञ्चालनका लागि पटक पटक पहल गरिए पनि नभएपछि अन्ततः उद्योग उपकरण कवाडीमा बिक्री गरिन लागेको छ ।

उद्योग सञ्चालनको लागि पटक पटक भएको पहल सार्थक हुन नसकेपछि उपकरण कवाडीमा बिक्री गरि जग्गा र भवनमा नयाँ उद्योग स्थापना गरिने प्रक्रिया सूरु भएको हो ।

कपडा उद्योगको सम्पत्ति र जग्गा हटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यलयको स्वामित्वमा छ । उद्योगको सम्पत्ति ०७० माघ १ देखि व्यवस्थापन कार्यालयको स्वामित्वमा आएको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>