देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनुषा घटनाको अनुसन्धान जिम्मा सिआइवीले लियो

देशान्तर

काठमाडौं । धनुषा बालाबाखर–४ का कांग्रेस नेता राजेन्द्र यादवको हत्याको सिआइवीले अनुसन्धान गर्ने भएको छ । स्थानिय प्रहरीले अनुसन्धान गरिरहे पनि घटनाको प्रकृति गम्भीर देखिएकाले अनुसन्धानको जिम्मा सिआइवीले लिएको हो । घटनाको अनुसन्धान गर्न आइतबार सिआइवीको अनुसन्धान टोली धनुषा गएको छ ।

स्थानीय कांग्रेस नेता यादवको शुक्रबार राति अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो भने शनिबार अज्ञात समूहले हानेको गोली लागेर नसिम राई घाइते भएका छन् । गोली प्रहार गर्ने समूहको पहिचान हुन सकेको छैन ।

तर, सिआइवीले अनुसन्धान टोली पठाइसकेको र हत्यामा संलग्न व्यक्ति पनि कारवाहीको दायरामा आउने सिआइवी प्रमुख डिआइजी हेमन्त मल्लले बताए । जन्तिबाट फर्किएका यादवको शुक्रबार राति अज्ञात समूहले प्रहार गरेको २ गोली लागेर मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

]]>