देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको आज ६५ जिल्लामा जिल्ला अधिवेशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले सोमबार आगामी चार वर्षका लागि पार्टीको जिल्ला नेतृत्व चयन गर्ने भएको छ। महाधिवेशनको तेस्रो चरणको कार्यक्रमअन्तर्गत सोमबार काठमाडौंसहितका ६५ जिल्लामा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुन लागेको हो। गाउँ÷नगरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले निर्वाचन क्षेत्रका आधारमा सोमबार सभापतिसहित दसदेखि पचास जनासम्मको जिल्ला कार्यसमिति चयन गर्ने छन्।

आन्तरिक विवाद र समस्याका कारण क्षेत्रीय र गाउँरनगर अधिवेशन नभएका धनुषा, पर्सा, सर्लाही, सिरहा, सप्तरी, भक्तपुर, सोलुखुम्बुसहित जिल्लामा सोमबार अधिवेशन हुँदैन। डडेलधुरासहित एक निर्वाचन क्षेत्र भएका केही जिल्लामा आइतबार नै अधिवेशन सम्पन्न भएका छन्। सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच गाउँरनगर, क्षेत्रमा जस्तै जिल्लामा पनि प्रतिस्पर्धा हुने भएको छ। 

यसैबीच दुई कार्यकाल उम्मेदवार हुन नपाउने विधानको व्यवस्था पहिलोपटक कार्यान्वयन हुँदा १८ जिल्लामा नयाँ नेतृत्व आउने निश्चित भएको छ। पार्टी विधानको व्यवस्थापछि जिल्ला नेतृत्व हस्तान्तरणको बाध्यात्मक अवस्थामा पुगेका जिल्ला सभापतिहरू १३औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासी बन्ने तयारीमा छन्। निरन्तर २५ देखि १० वर्षसम्म जिल्ला नेतृत्व सम्हालेका नेताहरु खुला, प्रदेश र आरक्षण कोटामा उम्मेदवार बन्न लागेका हुन्। जिल्ला र केन्द्रमा निरन्तर दुई कार्यकाल नेतृत्व सम्हालेका नेताले तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न नपाउने विधानको व्याख्यापछि जिल्ला सभापतिले केन्द्रीय सदस्य ताक्न थालेका छन्।

दुई कार्यकालको व्यवस्थाअनुसार इलामका केशव थापा, धनकुटाका मनोहरनारायण श्रेष्ठ, मोरङका अमृत अर्याल, खोटाङका विष्णुकुमार राई, सिरहाकी सीतादेवी यादव, रामेछापका रामचन्द्र खड्का, धनुषाका रामसरोज यादव, धादिङका रामनाथ अधिकारी, काभ्रेका शिवप्रसाद हुमागाइँ, सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत, बाराका राधेचन्द्र यादव, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, मुस्ताङका सुवर्णकुमार विष्ट, रोल्पाका कृष्णबहादुर घर्तीमगर, सुर्खेतका तप्तबहादुर विष्ट, बझाङका पृथ्वीबहादुर सिंह, दार्चुलाका महादेव बडू र कञ्चनपुरका बहादुरसिंह थापा जिल्ला नेतृत्वको दौडबाट बाहिर परेका हुन्। 

 

]]>