देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन काँग्रेसमा सभापतिमा पाँचजनाको उम्मेदवारी, कोषाध्यक्ष निर्विरोध

देशान्तर

चितवन। नेपाली काँग्रेस चितवनको १३ औँ अधिवेशनका लागि सभापति पदमा पाँचजना प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव पदमा तीनजनाको उम्मेदवारी कायम भएको छ भने कोषाध्यक्ष पदमा शङ्कर कँडेल निर्विरोध निर्वाचित भएका छन् । 

सभापति पदमा नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ, पूर्वसचिव देवेन्द्र गुरुङ, प्रकाश अधिकारी, विजयराज शर्मा भुसाल र दिनेश कोइरालाको उम्मेदवारी परेको छ । 

त्यसैगरी सचिव पदमा उत्तम जोशी, कैलाश कोइराला र शालिग्राम पौडेलले उम्मेदवारी दिएका छन् । 

जिल्ला सदस्यहरुमा क्षेत्र नं १ बाट खुल्लातर्फ चारजनाका लागि ११ र महिलातर्फ एकजनाका लागि दुईको उम्मेदवारी परेको छ । क्षेत्र नं २ मा महिलातर्फ नीता ढकाल निर्विरोध भएकी छन् भने चारजनाका लागि ११ को खुल्लातर्फ उम्मेदवारी परेको छ । क्षेत्र नं ३ मा खुल्लातर्फ चारजनाका लागि ११, महिलातर्फ एकजनाका लागि चार, क्षेत्र नं. ४ मा खुल्लातर्फ चारजनाका लागि २३ र महिलातर्फ एकजनाका लागि पाँचजनाको उम्मेदवारी परेको छ । 

निर्वाचन अधिकृत ध्रुव पोखरेलका अनुसार क्षेत्र नं ५ मा चारजनाका लागि १५ र एकजना महिलाका लागि दुईजनाको उम्मेदवारी परेको छ । आज बिहान ११ः३० बजेबाट निर्वाचन सुरु गर्ने भनिएको भए पनि उद्घाटन सत्र केही ढिलो हुने भएको मतदान कार्य केही पछाडि सर्ने निर्वाचन समितिले जनाएको छ । चितवनमा ८९९ जना प्रतिनिधिले मतदान गर्दैछन् । 

]]>