देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जुम्लामा हिमपातकाबीच काँग्रेसको जिल्ला अधिवेशन हुँदै

देशान्तर

जुम्ला । यहाँ हिमपात भएपनि नेपाली काँग्रेस जुम्लाको छैठौँ जिल्ला अधिवेशन सुरु हुनेभएको छ । 

केन्द्रीय सदस्य दिनवन्धु श्रेष्ठसहितको नेतृत्व तहमा बसेको बैठकले छैठौँ जिल्ला अधिवेशनलाई सौहार्द, शान्त र मर्यादित बनाउने निर्णय गरेको छ । आज बिहानबाट हिमपात भएकाले अधिवेशन केही हदसम्म प्रभावित भएको छ । 

अधिवेशन हलमा भए पनि सञ्चालन गर्ने कि स्थगित गर्ने भन्ने विषयमा निक्र्योल भइनसकेको कार्यबाहक सभापति दीपबहादुर अनुसार हिमपात भए पनि अधिवेशन अगाडि बढाइने छ । 

छैठौँ जिल्ला अधिवेशनमा चन्दननाथ नगरपालिकाबाट ७० र अन्य २६ वटा गाविस गरेर २४१ जना मतदाता सङ्ख्या रहेको कार्यबाहक सचिव कर्णबहादुर शाहीले बताए ।

यसअघि धेरैले सभापतिमा दाबी गरे पनि अहिले तीनजना आकाङ्क्षी रहेको सचिव शाहीको भनाइ छ । उनले लोकतान्त्रिक परिपाटीबाट चल्ने पार्टीले लोकका बीचमा उम्मेदवार छोड्ने सिद्धान्त हुँदाहुँदै पनि प्रतिस्पर्धाको अभ्यास पनि अगाडि बढेको बताए ।

]]>