झापा । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिमा सर्वसम्मत सभापति चयन भएको छ । जिल्ला सभापतिमा उद्वप थापा सर्वसम्मत चयन भएका हुन् । यस्तै, सचिवमा प्रेम सम्बाहाम्फे र कोषाध्यक्षमा केशवराज पाण्डे सर्वसम्मत भए ।
उप–सभापति सदस्यहरुमा सर्वसहमतिको प्रयास भए पनि हाल सम्म टुंगो लागेको छैन । कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पूर्वबाट पार्टी एक ढिक्का भएको सन्देश दिएको बताएका छन् । यस्तै, यसअघि पूर्वबाटै पार्टी एकताको सन्देश दिने बताएका नेता विश्वप्रकाश शर्माले झापा जिल्ला कार्यसमितिको सर्वसहमति पूर्वबाट घाम झुल्के जस्तै सुखद सुरुवात भएको बताएका छन् ।
]]>
प्रतिक्रिया