देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सागमा नेपाललाई पहिलो स्वर्ण पदक

देशान्तर

गुवाहाटी, भारत । भारतको सिलोंगमा जारी बाह्रौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत आज नेपालले पहिलो स्वर्ण पदक जितेको छ । 

प्रतियोगिता सुरु भएको चौथो दिनमा नेपालले स्वर्ण पदक जितेको हो । नेपालका लागि उसु तर्फको नान्ताओउतर्फ निमा घर्तिमगरले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । 

आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र आज भएको दोस्रो चरणमा ८.४६ गरी कुल १६.९१ अङ्कसहित स्वर्ण जितेकी हुन् । रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्छिन् । उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । स्वर्ण जितेकी उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकामा आफूलाई एकदमै गर्व लागेको बताइन् । 

यस्तै, उसुको नानकुनतर्फ पनि आज नेपालले एक रजत पदक प्राप्त गरेको छ । आज भएको प्रतिस्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् । उनले पहिलो चरणमा ८.८८ र आज भएको दोस्रो चरणमा ९.२१ गरी कुल १८.१३ अङ्कसहित रजत पदक दिलाएका हुन् । आजको प्रतिस्पर्धामा सबैभन्दा धेरै अङ्क प्राप्त गरे पनि हिजोको प्रतिस्पर्धामा केही अङ्क कम भएकाले रजतमा चित्त बुझाउनु परेको हो । उनको भन्दा ०.७ अङ्कले अघि रहेको भारतले स्वर्ण पदक जित्यो । यी पदकसँगै नेपालको पदक सङ्ख्या ११ पुगेको छ । तिनमा १ स्वर्ण, ४ रजत र ६ कास्य छन् ।

]]>