देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको आकस्मिक बैठक बिहान ११ बजे बस्दै

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनका कारण नेपाली काँग्रेसले पार्टीको आसन्न १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

कोइराला निवासमा पुग्नुभएका पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशनसम्बन्धी पार्टीका सबै कार्यक्रम हाललाई स्थगन गरिने जानकारी दिए ।

यसैबीच सभापति कोइरालाको निधनपछि उत्पन्न परिस्थितिका बारेमा आवश्यक निर्णय गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान ११ बजे बस्ने पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।

नेपाली काँग्रेसले एक विज्ञप्ति प्रकाशन गरी कोइरालाको निधनबाट सिङ्गो देश, नेपाली जनता र पार्टी पङ्क्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ ।

 

]]>