देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस नेता नरहरी आचार्य अस्पताल भर्ना

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यको स्वास्थ्य असहज भएपछि उनलाई उपचारार्थ बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ ।

उनको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ । नेता आचार्यको स्वास्थ्यस्थिति बुझ्न पार्टी उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरु अस्पताल पुगेका छन् ।

पार्टी सभापति कोइरालाको निधनपछि उनलाई श्रद्धाञ्जलि अर्पण गर्न कोइराला निवास महाराजगन्ज पुगेका आचार्यको एक्कासि स्वास्थ्यमा खराबी आएको थियो ।

यसअघि नेता आचार्यले सञ्चारकर्मीसँग कुरा गर्दै स्व सभापति कोइरालालाई संविधान निर्माणका रुपमा सम्झिने बताए ।

उनले सात दशकदेखि संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहना पूरा गर्ने नेतृत्व गर्नुभएका कोइरालाको सादा र निष्ठावान व्यक्तित्व तथा प्रजातान्त्रिक मूल्यमान्यताप्रति कहिल्यै विचलित नहुने व्यक्तित्व भएको चर्चा गरे ।

पछिल्लो संविधान निर्माणको कार्यमा झन्झट नमानी निरन्तर लागिपरेका स्व कोइरालाको योगदान सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको बताए ।

 

]]>