देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस जिल्ला अधिवेशन फागुन १ सम्मलाई स्थगित,पौडेल कार्यबाहक सभापति, महाधिवेशन नसर्ने

देशान्तर

काठमाडौं ।  पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि बसेको नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले जारी जिल्लाहरुको अधिवेशनलाई फागुन १ गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । केही जिल्लामा हिजै अधिवेशन सम्पन्न भइसके पनि कतिपय जिल्लामा जारी छ ।

बैठकले सभापति कोइरालाको निधनको तीन दिन शोक मनाउने तथा १३ दिन पार्टी कार्यालयमा झन्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने पनि निर्णय गरेको छ । कार्य समितिले महाधिवेशन सार्ने विषयमा भने कुनै निर्णय गरेको छैन । ‘महाधिवेशन सर्दैन, आवश्यक पर्‍यो भने १–२ दिन तलमाथि हुनसक्छ,’ केन्द्रिय सदस्य डा। रामशरण महतले बैठकले भने ।

उनले बिधानले नै सभापतिको निधन भएमा उपसभापति स्वतस् कार्यबाहक सभापति हुने व्यवस्था गरेकाले यसका लागि थप निर्णय गर्नुनपर्ने पनि बताए । आजको बैठक पौडेलको सभापित्वमा बसेको थियो ।

]]>