देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति कोइरालाको अन्त्येष्टि भोलि

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सु्शील कोइरालाको भोलि बुधबार मात्र अन्त्येष्टि गरिने भएको छ । कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले कोइरालाको पार्थिव शरीर श्रद्धान्जलीका लागि रंगशालामा राख्ने निर्णय गरेको छ ।

भोलि बुधबार २ बजेसम्म रंगशालामैै राख्ने र शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय भएको छ । परिवारको सहमतिमा विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने निर्णय भएको नेता महेश आचार्यले जानकारी दिए । कांग्रेसले कोइराला निष्ठावान नेता भएको र उनलाई निष्ठाको राजनीति गर्ने अभिभावक रुपमा लिने बताएको छ । कोइरालाको गएराति १२ः५० मा निधन भएको थियो ।

कांग्रेसले फागुन ९ गतेसम्म महाधिवेशनसम्वन्धी सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशन चलिरहेको जिल्लाको हकमा के गर्ने भन्ने छलफल गरेर जानकारी गराउने नेताहरुले बताएका छन् । साथै पार्टीको झण्डा आधा झुकाउने भएको छ । यस्तै ३ गतेसम्म पार्टी र भ्रातृ संगठनका सबै कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय छ ।

 

]]>