देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजकीय सम्मानसहित कोइरालाको अन्तेष्टी गर्न मन्त्रीपरिषदको निर्णय, भोलि सार्बजनिक विदा

देशान्तर

काठमाडौं । सरकारले दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र बुधबार सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

कोइरालाको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा गरिनेछ ।

कोइरालाको निधनको शोकमा २७ देखि २९ गतेसम्म देशभरका सरकारी कार्यालयहरु र स्वदेश तथा विदेशका कुटनीतिक नियोगका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । सो अवधिभित्र कुनै पनि औपचारिक कार्यक्रमहरु गरिनेछैन ।

]]>