देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको अन्तिम शब्द‘ मैले बुझिसके’

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्ना निजी चिकित्सक र सहयोगीसँग अन्तिम संवाद गरेका थिए ।  

निधनअघि नेता कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र चिकित्सक डा करवीर योगीसँग संवाद गरेको उनका प्रेस सहयोगी प्रकाश अधिकारीले बताए ।  उनका नाडीको धड्कन कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उनको अन्तिम वाणी “मैले बुझिसकेँ” भन्ने थियो । अलिक बढी चापेपछि निजी चिकित्सक डा योगीलाई बोलाइएको थियो । अन्तिम समयसम्म पनि उनलाई अक्सिजन र नेबुलाइजर दिइएको थियो । 

उनलाई पछिल्लो समय निमोनिया र ज्वरो आएको थियो । उनलाई निजी चिकित्सक र आवश्यकतानुसार विशेषज्ञ चिकित्सकले सेवा पु¥याउँदै आएका थिए ।  उनलाई दमको समेत प्रभाव देखिएकाले केही दिनअगाडिदेखि आवश्यकतानुसार नेबुलाइजर र अक्सिजन दिईएको थियो ।  यस्तो बेलामा टेलिभिजनमा देश–विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसँग उनी चिन्ता व्यक्त गर्ने गरेको अधिकारीले बताएका छन् ।  

पार्टीको बाह्रौँ अधिवेशनबाट सभापति निर्वाचित कोइराला त्यसपूर्व कावा सभापति, पार्टी महामन्त्री र केन्द्रीय सदस्यका रुपमा रही पार्टीमार्फत देश र जनताको सेवामा संलग्न भएका कोइराला संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक तत्कालीन प्रधानमन्त्री कोइरालाले आफ्नो वचनबद्धताअनुरुप संविधानसभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्गप्रशस्त गरेका थिए ।  

]]>