देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हामीले अभिभावक गुमायौँः प्रेस युनियन

देशान्तर

काठमाडौँ। नेपाल प्रेस युनियनले नेपाली काँगे्रसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युले आफूले अभिभावक गुमाएको बताएको छ । 

आज शोक वक्तव्य जारी गर्दै युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली राजनीतिमा सरल र सादा जीवनका पर्यायका रुपमै नेतृत्व तहमा पुग्नुभएका कोइरालाको निधनको खबरले युनियन स्तब्ध हुनाका साथै मर्माहत भएको उल्लेख गरेका छन् । 

विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय कोइरालामा गान्धीवादी आदर्शको छाप भएको बताउँदै विप्ज्ञतिमा उनले संविधान जारी गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको  बताइएको छ । 

संविधानसभाबाट संविधान जारी गर्ने कांँग्रेसका संस्थापक बिपी कोइरालाले देखेको सपनालाई सुशील कोइरालाले नै पूरा गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कोइरालाको देहावसानपछि अब संविधान कार्यान्वयन गर्ने चुनौतीलाई चिर्नुपर्ने दायित्व काँग्रेसमा आएको बताउँदै शोकको घडीमा युनियनले १३ दिनसम्म युनियनका सम्पूर्ण समिति तथा शाखाले शोक कार्यक्रम बाहेक कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जनाइएको छ । 

]]>