देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको निधनले शोकमा मधेस

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युको मंगलबार विहानै सञ्चार माध्यममा आएपछि सिँगो मधेस शोकमा डुबेको छ। कोइरालाको देश, जनता तथा लोकतन्त्रप्रतिको योगदानको उचित मूल्यांकन हुनुपर्ने मधेसका विभिन्न दलका प्रमुख नेताहरुले बताएका छन्। कोइराला प्रधानमन्त्री भएकै बेला मधेस आन्दोलन सुरु गरेका मधेसी नेताले कोइरालाको कामको प्रशंसा गर्दै देशले लोकतन्त्रसेवी गुमाएको बताएको प्रतिक्रिया दिएका छन्।

देशलाई चाहिएको समयमा संविधान दिएकाले कोइरालाको कार्यकाल सफल भएको उनीहरुले बताए। कोइरालालाई श्रद्धाञ्जली दिन सानेपास्थित कांग्रेस कार्यालय पुगेका सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले कोइरालाको शोक पुस्तिकामा प्रजातान्त्रिक आन्दोलनका योद्धा, आजिवन लोकतन्त्रका लागि समर्पित, इमान्दार छविका व्यक्तित्व गुमाएको उल्लेख गरे। ‘नेपाली राजनीतिको अभिभावक एवं कुशल व्यक्तित्व गुमाएको प्रति दुःख लागेको छ,’ उनले भने। तराई मधेस सदभावना पार्टीका उपध्यक्ष रामनरेश राय यादवले सच्चा प्रजातन्त्रवादी नेताको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै उनको निधनले मुलुकले ठूलो क्षति भएको प्रतिक्रिया दिए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठीले प्रजातन्त्रवादी नेता कोइरालाको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै भने ‘देशले एउटा कुशल राजनीतिज्ञ गुमाएको छ ।’ प्रजातन्त्रको जग बलियो बनाउन नेपाली काँग्रेसको अहम भूमिका रहेको र प्रजातान्त्रिक अगुवालाई गुमाउँदा कतै लोकतन्त्रमाथि खतरा त आउँदैन भने आशंका पैदा भएको नेताहरुले बताएका छन्। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामेश्वर यादवले प्रजातन्त्रप्रति निःस्वार्थ अगाडि बढिरहेका सन्त नेता कोइरालाको निधनबाट लोकतन्त्रलाई धक्का लागेको बताए। 

]]>