देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२५ मिनेट फुटबल मैदानमा सुशील दा

देशान्तर

काठमाडौं । सबैभन्दा वृद्ध खेलाडी भएकाले उनलाई युवा नेताहरूले केही समयपछि आग्रह गरे, ‘प्रधानमन्त्रीज्यू, रिप्लेस गरौँ, तपाईं थाक्नुहुन्छ ।’ सायद यो आग्रहले कोइरालालाई छोएन, उनी मैदानबाट बाहिरिन चाहेनन् । कोच, अन्य खेलाडीको अनुरोधलाई उनले जवाफ दिए, अब एकैछिन । मैदानमा जगिङ गर्दै प्रवेश गरेका कोइराला लगातार २५ मिनेट मैदानमा टिकिरहे । त्यसबीचमा उनले हेड गर्ने प्रयास गरे, ड्रिब्लिङ प्रयास गरे र पास पनि दिए । कोइरालाले खेल अवधिमा १० पटक पावरफुल सट हान्ने प्रयास पनि गरे । टसपछि कोइरालाले बल पास गरे । तर, धेरै टाढा पुगेन ।

पुनः प्रहार गर्न बलतर्फ बढ्दै गर्दा विपक्षी कलाकारको टोलीले बल नियन्त्रणमा लियो । तैपनि कोइराला पछाडि फर्केनन्, बलतिरै दौडिइरहे । कलाकार खेलाडीले ‘मिस पास’ गर्दा कोइराला किक हान्न पनि सफल भए । खेल सुरु भएको १० मिनेटपछि कोइरालासँगै मैदान प्रवेश गरेका अन्य नेता मैदानबाट बाहिरिए । दर्शकको अनुमान थियो– कोइराला पनि अब बाहिरिन्छन् ।

उल्टो कोइराला स्ट्राकरको भूमिकामा देखिए । लगत्तै मैदानको केन्द्रबाट नजिक पुगेको बललाई कोइरालाले अघि बढेर बल नियन्त्रणमा लिँदै विपक्षीको गोलपोस्टतर्फ अघि बढाउने प्रयास पनि गरे । कोइराला थाकेको हुनसक्ने भन्दै दोस्रोपटक रिप्लेस गर्न अघि सरेका एमाले सचिव योगेश भट्टराई पनि निराश भएर फर्किन बाध्य भए । केही बेरपछि बल डी एरिया आसपास आयो ।

कोइराला अघि बढे, तर बल नियन्त्रणमा लिन सकेनन् । कोच हरि खड्काले कोइराला थाकेको भन्दै रिप्लेसका लागि एमाले सचिव योगेश भट्टराईलाई फेरि मैदानमा पठाए, त्यसपछि मात्र कोइराला मैदानबाट बाहिरिए । मैदानबाहिर आउँदा कोइरालाको अनुहारमा चमक देखिन्थ्यो– अझै खेल्न तयार भएजस्तै । नयाँ पत्रिकामा समाचार छ । 

]]>