देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस सभापतिको निधनप्रति अन्तर्राष्ट्रिय समुदायद्वारा शोक व्यक्त

देशान्तर

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, सोसलिस्ट इन्टरनेसनल र जापानले शोक व्यक्त गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उहाँ सबैका आदरणीय राजनेता भएको बताएका छन् ।  </p>

महासचिवका तर्फबाट उनका प्रवक्ताले आज जारी गरेको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गर्नुभएको बताएका छन् ।  

भारत उडिसाका सुदर्शन पट्टनायकले स्व. सुशील कोइरालाको सम्झनामा बालुवाबाट बनाएको प्रतिमा

भारत उडिसाका सुदर्शन पट्टनायकले स्व. सुशील कोइरालाको सम्झनामा बालुवाबाट बनाएको प्रतिमा 

सहमति, समझदारीको भावनाबाट प्रेरित भएर नेता कोइरालाले नेपाली जनता र राजनीतिक दललाई एकताबद्ध गर्नुभएको स्मरण गर्दै महासचिव बानले त्यसबाट नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियामा ठूलो योगदान पुगको बताएका छन् ।  

महासचिव बानले कोइराला परिवार र नेपाली जनतामा हार्दिक समवेदना व्यक्त गरेका छन् । 

सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपाली काँग्रेसलाई आज एक समवेदना सन्देश पठाउँदै नेता कोइरालाको निधनबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको जनाएका छन् । 

त्यसैगरी, यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले सङ्घका तर्फबाट शोक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कोइरालाले लामो राजनीतिक अनिश्चितताबाट नेपाललाई अगाडि बढाउनुभएको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  

नेता कोइरालाको इमान्दारी र दृढ प्रतिबद्धतापूर्ण सोचबाटै नेपालले नयाँ संविधान पाएको उल्लेख गर्दै उनले सन्देशमा नेपालको चौतर्फी विकास सुनिश्चित गर्न तथा द्विपक्षीय बाह्य कूटनीति प्रवद्र्धन गर्न उहाँमा स्पष्ट सोच भएको बताएका छन् । 

यस्तै जापानले पनि नेता कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको लोकतान्त्रिकीकरण र संविधान जारी गर्न उहाँले निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको स्मरण गरेको छ । 

नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापान सरकार, त्यहाँका जनता र शोक सन्तप्त कोइराला परिवारमा हार्दिक सहानुभूति व्यक्त गरेका छन् । 
 
त्यस्तै एक शोक वक्तव्य जारी गर्दै  बंगलादेशले पनि दुख व्यक्त गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेललाई आज एक शोक सन्देश पठाएर दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जलि एवम् नेपाली काँग्रेस, नेपाली जनता र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । 
सन्देशमा प्रधानमन्त्री हसिनाले नेता कोइराला एक राजनेता तथा लोकप्रिय नेता भएको भन्दै इतिहासको कठिन परिस्थितिमा उहाँले देखाउनुभएको दृढ नेतृत्व तथा महान् सीप र नेतृत्वको स्मरण गरेकी छिन् । उनले कोइरालाको निधनबाट नेपालमात्र नभई समग्र दक्षिण एसियामा अपुरणीय क्षति भएको बताएकी छन् । 
  

]]>