काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शुशील कोइरालाको शवयात्रा सुरु भएको छ
। दशरथ रंगशाला त्रिपुरेश्वरबाट सुरु भएको शवयात्रा थापाथली, माइतिघर मण्डला, बबरमहल, बानेश्वरहुँदै पशुपती पुग्नेछ।
मंगलबार निधन भएका कोइरालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीको लागि दशरथ रंगशालामा राखिएको थियो । आज बेलुका पाँचवजे पशुपति आर्याघाटमा हिन्दु परम्परा अनुसार राजकिय सम्मानका साथ अन्त्येष्टी गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया