देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको निधनले एशियाको राजनीतिमा असर पुर्याउनेः भारतीय नेता

देशान्तर

काठमाडौँ । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले समग्र एसियाको राजनीति विकासमा असर पुर्याउने भारतीय प्रधानमन्त्रीका पूर्व राजनीतिक सल्लाहकार डा. एच एन शर्माले बताएका छन् । 

रंगशालामा राखिएको स्वर्गीय कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोइरालाको निष्ठाको राजनीति अनुभव समग्र एसियालाई नै खाँचो रहेको औँल्याए । 

त्यसैगरी भारतीय समाजवादी पार्टीका नेता डिबी त्रिपाठीले नेपाल भारत सम्बन्धलाई बलियो बनाउन कोइराला परिवारले सक्रिय भूमिका निर्वाह गरेको बताए । उनले नेपालमा संविधान निर्माणमा कोइरालाले अभिभावकीय नेतृत्व लिएर गरेको योगदानको भारतीय सरकार तथा जनताले सधैँ स्मरण गर्ने बताउनुभयो । 

]]>