देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिँदै

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शबयात्रा पशुपति आर्यघाटमा पुगेको छ । शबयात्रामा हजारौै शुभचिन्तक,कार्यकर्ता अन्तिम बिदाईको लागि  यात्रामा सहभागी भएर अहिले पशुपति आर्यघाटमा पुगेका छन् । 

मंगलबार निधन भएका कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै छ। कोइरालाको अन्तिम श्रद्धान्जली दिन नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, अन्य विभिन्न दलका नेताहरू आर्यघाट पुगेका छन् भने भुटानी  गृहमन्त्री, बं गलादेशका विदेशमन्त्री पनि आर्यघाटमा पुगेका छन् । त्यस्तै भारतिय, चिनिय राजदुत तथा अन्य कुटनीतिक नियोगका दुतहरु पनि कोइरालालाई अन्तिम श्रद्धान्जली दिनको लागि आर्यघाटमा पुगेका छन् । 

राजकिय सम्मानका साथ  अन्त्येष्टी गरिने कार्यक्रमा नेपाली सेनाले नौ तोपको सलामी अर्पन गर्ने कार्यक्रममा नौ जना पुरेतहरुको समूह रहेको छ । कोइरालालाई उनका भतिजा अतुल कोइराला र सिद्धार्थ कोइरालाले दागबत्ति दिने छन्।
 
यसअघि दिउँसो सवा दुई बजेपछि दशरथ रङ्गशालाबाट उनको शवयात्रा सुरु गरिएको थियो।
 
दशरथ रङ्गशालाबाट नेपाली सेनाको लु १ ग १४५ नम्बरको भ्यानमा कोइरालाको पार्थिव शरीरलाई राखी शवयात्रा सुरु गरिएको हो। शवयात्रा सुरु हुँदा राष्टिय गीतको धुन बजाइएको थियो।
 
शवयात्रा थापाथली, सिँहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो।
 
शवयात्रामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइराला, शुभचिन्तक तथा सर्वासाधरणको उल्लेखनीय उपस्थिति रहेको थियो।
 
मङ्गलबार बिहान १२स्५० बजे निधन भएका कोइरालालाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मङ्गलबार नै निर्णय गरेको थियो । उनको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै गरिनेछ।

]]>