देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नामिबियाद्वारा नेपालसामु २२६ रनको चुनौती

देशान्तर

काठमाडौँ । उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगितामा नामिबियाले नेपाललाई २२६ रनको चुनौती दिएको छ ।

बङ्गलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अलि रङ्गशालामा आज भएको सातौँ स्थानको ‘प्ले अफ’ म्याचमा नामिबियाले ४५ ओभरमा नौ विकेट गुमाउँदै नेपालसामु २२६ रनको चुनौती प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाका लागि लोहान लरेन्सले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै माइकल भान लिङ्गेनले ५८ तथा फ्रान्कोइस राउटेनवाचले ३९ रन जोडे ।

नामिबियालाई २२५ रनमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले तीन विकेट लिए भने सुशील कँडेलले दुई तथा सुनिल धमला र प्रेम तामाङले समान एक÷एक विकेट लिए ।

यो प्रतियोगितामा नेपालले विजय हासिल गर्न सकेमा नेपाल सातौँ स्थानमा रहँदै सन् २०१८ मा हुने उन्नाइस वर्षमुनिको विश्वकपका लागि सिधै छनोट हुनेछ । नेपालले  नामिबियालाई पराजित गर्दै सातौँ स्थानमा रहन सके नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमानसमेत कायम हुनेछ ।

केही समयअघि संयुक्त अरब इमिरेट्स (युएई)मा आइसिसीको बोर्ड बैठकबाट शीर्ष एसोसिएट सदस्यलाई आगामी विश्वकपको लागि सिधै छनोट गर्ने निर्णय गरेको थियो । नेपाल र नामिबिया दुवै आइसिसीका एसोसिएट सदस्य हुन् ।

नेपालले अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

]]>