देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रिसइबी साधेर छिमेकीको हत्या

देशान्तर

बुटवल । सैनामैना नगरपालिका–१० शान्तिटोलमा खगेश्वर काफ्लेको हत्याका अभियुक्त तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यही माघ १९ गते साँझको समयमा घर बाहिर बोलाएर खगेश्वरको हत्या भएको थियो । 

घटनालगत्तै अनुसन्धान थालेको प्रहरीले अभियुक्तलाई हेटौँडाबाट पक्राउ गरेको हो । 

खगेश्वरलाई गोली हानी हत्या गर्ने दुई जना र हत्यामा संलग्न स्थानीय महिला खिमालाई प्रक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धि गुरुङले आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए । 
काफ्लेलाई गोली हान्ने अर्जुन भन्ने तुल्सी घिमिरे र उनलाई मोटरसाइकलमा हालेर लैजाने दीपेन्द्र परियारलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । 

हत्याका प्रमुख अभियुक्त घिमिरे यसअघि लागुऔषध कारोवारमा एक वर्ष जेल सजाय भुक्तान गरी गत असोजमा छुटेका हुन् । 

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको एउटा पेस्तोल र त्यसमा लाग्ने आठ राउण्ड गोली, गोलीको खोका, मधेस टाइगर लेखेको चार थान पर्चासमेत बरामद गरेको छ । 

व्यक्तिगत रिसइबी साँधेर हत्या गरेको एसपी गुरुङले जानकारी दिए ।  अभियुक्त खिमा र भारतिय नागरिक बच्चु दास श्रीमान–श्रीमतीबीच झै झगडा हुँदा खगेश्वरले आमा समूह तथा प्रहरीमा बोलाइ छलफल गराउने गरेपछि व्यक्तिगत रिसइबीका कारण खगेश्वरको हत्या गरेको बुझिएको प्रहरी उपरीक्षक गुरुङले बताए । 

खिमा बच्चु दासलाई छाडेर अर्जुन भनिने तुल्सी घिमिरेसँग लागेपछि उनीहरु बीच पारिवारिक कलह सिर्जना भएको थियो । भारतीय नागरिक बच्चुकी श्रीमती अर्जुन घिमिरेले लगेपछि खिमाका नाममा रहेको घर बिक्रीका लागि खगेश्वरले पहल गर्दै आएका थिए । 

घिमिरेसँग खिमा आएपनि घर जग्गा भने खिमाका नाममा नै रहेको थियो । त्यही रिसइबीका कारण खिमा गिरी र अर्जुन भनिने तुल्सी घिमिरेले इख लिई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

]]>