देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि नियमित रूपमा इन्धन वितरण

देशान्तर

काठमाडौं । आयल निगमले शुक्रबारदेखि नियमित रूपमा इन्धन वितरण गर्ने भएको छ । नाकाबन्दी खुलेपछि इन्धन भित्रने क्रम बढेकाले निगमले नियमित बाँड्ने तयारी गरेको हो ।

नाकाबन्दी खुलेपछि आपूर्ति मन्त्रालयअन्तर्गत गठित आपूर्ति व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको हो । ‘केही दिनयता इन्धन आयातमा सुधार हुँदै गएकाले आपूर्ति बढाउने निर्णय भएको छ’ समितिका संयोजक तथा मन्त्रालयका सहसचिव दीपक सुवेदीले भने, ‘शुक्रबारबाट नियमित रूपमा इन्धन वितरण गर्ने छौं ।’

कोटा प्रणाली पनि हटाइएको छ । यसअघि सरकारले अत्यावश्यक र अन्य सवारी साधनलाई कोटा प्रणालीअनुसार इन्धन वितरण गर्दै आएको थियो ।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>