देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘संस्थागत र योजनाबद्ध भ्रष्टाचार मुख्य चुनौती’

देशान्तर

काठमाडौं । सार्वजनिक निकायहरु जनउत्तरदायी हुन नसकेको र कतिपय निकायमा संस्थागत भ्रष्टाचार कायम रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिन्ता व्यक्त गरेको छ । आफ्नो रजत जयन्तीका अवसरमा एक अपिल जारी गर्दै अख्तियारले आफ्नो सक्रियताका कारण स्वरुप र शैली फेरिएपनि संस्थागत भ्रष्टाचार विद्यमान रहेको जनाएको छ ।

‘आयोगको सघन उपस्थितीले भ्रष्टाचारको शैली र भ्रष्टको अखडा फेरिएको हुनसक्छ’ अख्तियारका प्रमुख आयुक्त लोकमानसिं कार्कीले जारी गरेको अपिलमा भनिएको छ, ‘दिनहु रंगेहात भ्रष्टाचारको आरोपमा राष्ट्रसेवकहरु पक्राउ पर्दा पनि किन कर्मचारीहरुमा भ्रष्ट मनोवृत्तिले घर गरिरहेको छ ? आयोगलाई पनि गम्भिर बनाएको छ ।’

सार्वजनिक पदाधिकारीहरुमा निर्णय नगर्ने वा निर्णयलाई पन्छाउने मानसिकता बढेको भन्दै आयोगले आफ्नो क्षेत्राधिकार छलेर काम गर्ने परिपाटी प्रशासनिक क्षेत्रमा मौलाइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ।

]]>