देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुशीलको अन्त्येष्टि नहुँदै बालुवाटारले माग्यो गाडी

देशान्तर

काठमाडौं ।  पुर्वप्रधानमन्त्रीको रुपमा सुशील कोइरालालाई सरकारले दिएको सुविधाको प्राडो गाडी प्रधानमन्त्री निवासबाट फिर्ता मागिएको छ ।  कोइरालाको पार्थिक शरीरमा दागबत्ती दिन नपाउँदै बुधबार साँझ बालुवाटारस्थित निजि सचिवालयले गाडी फिर्ता मागेको हो ।

कोइराला चढ्ने बा ६ च १०३० नम्बरको प्राडो गाडी फिर्ता गर्न प्रधानमन्त्रीको निजि सचिवालयले ताकेता गरेको  छ । सचिवालयमा कार्यरत नाय्ब सुब्बा दयानिधि दवाडीले कोइराला बस्दै आएको महाराजगञ्जस्थित डा। शशांक कोइरालाको घरको ल्यान्डलाइन नम्बरमा टेलिफोन गरी तत्काल गाडी फिर्ता गर्न भनेका थिए ।

तर, फोन उठाउने सुरक्षाकर्मीले आफन्त सवै कोइरालाको अन्येष्टिमा गएकाले तत्काल फिर्ता गर्न गाह्रो भएको जवाफ दिएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ।

 

]]>