देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चाको माग सम्बोधन गर्न भएको दलिय छलफल सकारात्मक

देशान्तर

काठमाडौँ। आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न प्रमुख राजनीतिक दलसहित मोर्चासँगको बैठकमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् ।  

शीर्ष नेतासहितको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि मुलुकको आन्तरिक समस्या समाधान गरेर जानुपर्नेमा दुबै पक्षका नेताहरुले जोड दिइएका छन् । 

प्रमुख तीन दलका शीर्ष नेतासहित तीन दलीय कार्यदल र आन्दोलनरत लोकतान्त्रिक मधेसी मोचाद्वारा गठित कार्यदलको संयुक्त बैठकमा नेताहरुले प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्दै यस्तो सुझाएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबैतर्फका कार्यदलले मधेस आन्दोलनलगायतका समस्या समाधानका लागि सकारात्मक छलफल भएको नेपाली काँग्रेसका नेता महेश आचार्यले बताए ।  

“प्रमुख दल र मोर्चासँग हालसम्म भएका छलफलको प्रगति र असहमतिका विन्दुबाट छलफल सुरु भएको छ । चाँडै परिणाम देखिने गरी कार्यदलको छलफल अगाडि बढाउनेबारे छलफल भएको छ,” –उनले भने ।  

मोर्चाको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीको भारत भ्रमणलाई फलदायी बनाउन त्यसअघि मुलुकको आन्तरिक समस्या समाधान गरी जान आफूहरुको तर्फबाट सुझाव दिएको जानकारी दिए ।  

समस्या समाधानका लागि दुबै तर्फले आन्तरिक तयारीका साथ शनिबार या आइतबार कार्यदलको बैठक बसी अन्तिम टुङ्गो लगाउने उनले उल्लेख गरे ।  

यसैबीच मोर्चाको माग अनुसार तीन महिनाभित्र प्रदेशको सिमाङ्कनको अध्ययन गरी सुझाव दिन राजनीतिक संयन्त्र बनाउने सम्बन्धमा आजै साँँझ बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ । 

]]>