देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जुम्लाको सिमी र फापर काठमाडौमा

देशान्तर

जुम्ला। नेपाल खाद्य संस्थान जुम्ला शाखाले माघ महिनामा रु ३४ लाख ५५ हजारको बराबरको सिमी र फापर काठमाडौँमा निर्यात गरेको छ ।

एक सय ५० क्विन्टल सिमी र १४० क्विन्टल फापरलगायतको खाद्यन्न पहिलो चरणमा राजधानी पठाइएको शाखा कार्यालयका प्रमुख पूर्णप्रसाद दाहालले जानकारी दिए । खाद्य संस्थान केन्द्रीय कार्यालयले फागुनमा पनि सो शाखालाई २५ क्विन्टल सिमी र ४० क्विन्टल फापर खरिद गरी पठाउन निर्देशन दिएको छ । 
उनले किसानबाट ती खाद्यान्न खरिद गरिरहेको छ र आफ्ना उत्पादन विक्री गर्न किसानको आइरो लागिरहेको वताए ।  तर कोटा निश्चित भएकाले सबै किसानले आफ्नो स्थानीय उत्पादन बिक्री गर्न पाएका छैनन् । 

गज्र्याङ्कोट–७ की सुशीला अधिकारीले आफ्नो उत्पादन बिक्री गर्न नपाएको दुखेसो व्यक्त गर्दै भनिन् “हामी प्रयाप्त खाद्य उत्पादन गर्छौं संस्थानले सवै किन्दैन ।”

]]>