देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरस्वती मन्दिरमा दर्शनार्थीको घुइँचो

देशान्तर

भक्तपुर । श्रीपञ्चमीको अवसरमा आज भक्तपुरको नगरकोट नगरुपालिकास्थित सुडालको महामञ्जुश्री सरस्वती मन्दिर र चाँगनारायण नगरपालिका सरस्वती खेलस्थित सरस्वती मन्दिर आज बिहानैदेखि मेला लागेको छ । 

महामञ्जुश्रीले तपस्या गरेको स्थानमा सरस्वती आफैँ उत्पत्ति भएर बरदान दिएको किंम्बदन्ती रहेको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे, पनौतीलगायतका क्षेत्रबाट यस मन्दिरमा दर्शनार्थी आउने गरेका छन् । 

त्यसैगरी भक्तपुरको सरस्वतीखेलस्थित प्रसिद्ध सरस्वती मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस स्थानमा पनि सरस्वती देवी आफैँ उत्पत्ति भएको र परापूर्वकाल मै मन्दिर स्थापना भएको भनाइ रहेको छ ।

]]>