देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्चस्तरीय समितिमार्फत सीमाङ्कन विवाद टुङ्ग्याइने

देशान्तर

काठमाडौँ। प्रमुख तीन राजनीतिक दलले उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सीमाङ्कनको विवाद टुङ्ग्याउने तयारी गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअगावै उक्त समिति गठन गरिने र सीमाङ्कनको विवाद हल गर्ने गरी छलफल सुरु गर्ने तयारी गरिएको छ । 

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समेत समितिमार्फत सहमति खोज्न आग्रह गरिएको छ । मोर्चा पनि समितिमार्फत अगाडि बढ्न तयार भएको छ । 

मोर्चा सहितको संयुक्त कार्यदलको छलफललाई तीव्र पार्ने र आइतबारसम्म समितिको कार्यविधि, क्षेत्राधिकारलगायतका विषयमा टुङ्गो लगाउने तयारी गरिएको छ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलका अनुसार सीमाङ्कनको विषय टुङ्ग्याउन उच्चस्तरीय राजनीतिक समिति बनाइने र त्यसको क्षेत्राधिकारको विषयमा समेत प्रमुख तीन दलका बीचमा प्रारम्भिक सहमति भएको छ । 

तीन दलका बीचमा कार्यादेश र क्षेत्राधिकारको विषयमा सहमति भए पनि मधेसी मोर्चाले भने सहमति जनाएको छैन । समितिमार्फत सीमाङ्कनको विषयलाई हल गर्न तयार भएको भए पनि मोर्चाले क्षेत्राधिकार र कार्यादेशको विषयमा भने सहमति जनाएको छैन । 

प्रमुख तीन दलले प्रधानमन्त्री आगामी फागुन ७ गते भारत भ्रमणमा जानुअगावै समिति बनाउने तयारी गरेका छन् । आजको बैठकमा प्रमुख तीन दलका शीर्ष नेता – प्रधानमन्त्री, एनेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल तथा नेकाका तर्फबाट नेता रामचन्द्र पौडेलको सहभागिता रहेको थियो । 

]]>