देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संस्थापन पक्षबाट सभापतिमा एउटै उमेदवार बनाउने सहमति

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा संस्थापन पक्षबाट एउटै उमेदवार बनाउने तयारी थालेको छ । शनिवार भएको संस्थापन पक्षका बरिष्ठ नेताहरुको बैठकले संस्थापन पक्षबाट एउटा मात्रै सभापतिको उमेदवार बनाउने र चुस्त टिम बनाएर महाधिवेशनमा जाने सहमति भएको छ । शनिवार भएको छलफल सवै अटाउन सक्ने सिनियर नेतालाई सभापतिको उमेदवारका रुपमा अगाडि सारेर चुस्त टिम बनाउने बारेमा छलफल भएको थियो । 

सो छलफलमा कार्यबहाक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौला, नेताहरु डा शंशाक कोइराला, आनन्द ढुंगाना, दिलेन्द्र बडु, दिलबहादुर घर्ती, बलबहादुर केसी रामचन्द्र तिवारीको सहभागिता रहेको थियो । छलफलमा नेता डा शेखर कोइराला र सुजाता कोइरालालाई बोलाइएको भएपनि शेखर बिराटनगर भएका कारणले सहभागि भएनन् भने सुजाता कार्यव्यस्तताका कारण सहभागिता जनाएर मात्र निस्केकी थिइन् । 
सो छलफलमा महामन्त्री सिटौलाले संस्थापन पक्षको एउटा मात्र उमेदवार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । उनले संस्थापन पक्षमा सहमति भएर एउटा मात्र उमेदवार हुँदा महाधिवेशन प्रतिनीधि संस्थापन पक्षका नै धेरै रहेको बताएका थिए । नेता बलबहादुर केसीले महाधिवेशनको मुखमा कसैले पनि टिम परिवर्तन गर्न नुहने भन्दै चुस्त टिम बनाउनका लागि सवैले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताए । नेता केसीले बैठकमा भनेको उल्लेख गर्दै स्रोतले भन्यो– ‘टिम परिवर्तन गर्दा पनि उता (देउवापक्षमा) पनि समस्या छ, म केहि समय अगाडि मात्र यता आएको हुँ कस्तो समस्या छ मलाई जति कसैलाई जानकारी छैन् । त्यसैले कसैले टिम परिवर्तन गर्ने भन्दा सवै संगै रहदा सवैलाई फाइदा हुन्छ ।’ 

छलफलमा नेता डा शशांक कोइरालाले घुमउरो पाराले कार्यबहाक सभापति नै अबको संस्थापनको नेता भएको बताएका थिए । उनले अबको सभापतिको उमेदवार सवैभन्दा सिनियर नेता हुनुपर्ने र उसको नेतृत्वमा सवै समेटिन सहज हुने बताएका थिए । नेता आनन्द ढुंगाना र रामचन्द्र तिवारीले अबको सुशील कोइराला नभएको अवस्थामा रामचन्द्र पौडेलको बिकल्प नभएको बताएका थिए । 

 

]]>