देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नुवाकोट काँग्रेस सभापतिमा केसी विजय

देशान्तर

त्रिशूली । नेपाली काँग्रेसको १३औँ महाधिवेशनका लागि नुवाकोटमा भएको जिल्ला अधिवेशनमा संस्थापन पक्ष भनिएका जगदीश्वर नरसिंह केसी सभापति पदमा विजयी भएका छन् । केसी ३३२ मत ल्याएर विजयी भएका हुन् ।  केसीका प्रतिद्वन्द्वी रमेश महतले ३१८ मत पाएका छन् ।

क्षेत्रीय निर्वाचनको परिणाममा केसी पक्ष कमजोर देखिएपनि जिल्ला निर्वाचनमा भने जगदीश्वरनरसिंह केसीको प्यानलै विजयी भएको छ ।  केसी प्यानलका सचिव सुरेन्द्रराज अधिकारीले ३४३ मत ल्याएर विजयी भए  भने अधिकारीका प्रतिद्वन्द्वी श्रीराम श्रेष्ठले २७४ मत पाएका छन् ।

यस्तै, केसी प्यानलका कोषाध्यक्षका उम्मेदवार महेन्द्र थिङले ३२७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी मणिराम केसीले २६२ मत ल्याए । हिजो बिहान ८ बजेदेखि १ बजेसम्म भएको मतदानमा ६६३ मत खसेको थियो । 

]]>