त्रिशूली । नेपाली काँग्रेसको १३औँ महाधिवेशनका लागि नुवाकोटमा भएको जिल्ला अधिवेशनमा संस्थापन पक्ष भनिएका जगदीश्वर नरसिंह केसी सभापति पदमा विजयी भएका छन् । केसी ३३२ मत ल्याएर विजयी भएका हुन् । केसीका प्रतिद्वन्द्वी रमेश महतले ३१८ मत पाएका छन् ।
क्षेत्रीय निर्वाचनको परिणाममा केसी पक्ष कमजोर देखिएपनि जिल्ला निर्वाचनमा भने जगदीश्वरनरसिंह केसीको प्यानलै विजयी भएको छ । केसी प्यानलका सचिव सुरेन्द्रराज अधिकारीले ३४३ मत ल्याएर विजयी भए भने अधिकारीका प्रतिद्वन्द्वी श्रीराम श्रेष्ठले २७४ मत पाएका छन् ।
यस्तै, केसी प्यानलका कोषाध्यक्षका उम्मेदवार महेन्द्र थिङले ३२७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी मणिराम केसीले २६२ मत ल्याए । हिजो बिहान ८ बजेदेखि १ बजेसम्म भएको मतदानमा ६६३ मत खसेको थियो ।
]]>
प्रतिक्रिया