देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महाधिवेशनः संस्थापन एउटा उमेदवारको तयारी,आफुहरु कमजोर भएको देउवा पक्षको निष्कर्ष

देशान्तर

काठमाडौं । कांग्रेसको संस्थापन पक्षले सभापतिका लागि सर्वसम्मत उम्मेदवार तय गर्ने प्रयास थालेको छ । सुशील कोइरालाको निधनपछि संस्थापन पक्ष छिन्नभिन्न हुने चिन्ता बढिरहेका बेला शशांक निवास महाराजगन्जमा शनिबार बसेको बैठक सहमतिमै सभापति उम्मेदवार तय गर्ने निष्कर्षमा पुगेको कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले बताए । चुनावी मैदानमा होमिइसकेका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि शनिबारै आफू समर्थक केन्द्रीय सदस्यहरूको छुट्टै बैठक बोलाएर निर्वाचित महाधिवेशन प्रतिनिधिको स्थिति बुझ्ने काम गरेका छन् । १२ औं महाधिवेशनको तुलनामा देशभर नै आफ्नो स्थिति सुधार भए पनि संस्थान पक्षसँग कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

बैठकमा कोइराला परिवारबाट शशांकमात्रै उपस्थित थिए । कोइराला परिवारका सुजाता र शेखर राजधानीबाहिर रहेकाले बैठकमा थिएनन् । कांग्रेस प्रवक्ता बडुले उम्मेदवारका आकांक्षी सबैले सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताए । ‘सुशील कोइरालाको अनुपस्थितिमा संस्थापन पक्ष अझ एकताबद्ध र सुदृढ हुनुपर्ने आवश्यकताको बोध सबैले गरेका छौं,’ उनले भने, ‘यही आधारमा संस्थापन पक्षको उम्मेदवारको समूह बनाउनुपर्छ भन्नेमा हामी सबै सहमत छौं ।’ बैठकमा सभापतिका आकांक्षीबीच छलफल गरी सहमतिमा पुग्नुपर्नेमा जोड दिइएको थियो । स्रोतका अनुसार पार्टी सभापतिमा पौडेललाई अघि बढाउने, संसदीय दलको नेता र उपसभापतिमा सिंह र सिटौलालाई व्यवस्थापन गर्ने विषयमा छलफल चलिरहेको छ ।

निर्वाचित महामन्त्रीमा कोइराला परिवारबाट शेखर या शशांक र मनोनीत महामन्त्रीमा केन्द्रीय सदस्य रामशरण महतलाई व्यवस्थापन गर्नेबारे छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताए । र सुजातालाई सरकारमा सहभागि भएको अवस्थामा उपप्रधानमन्त्री सहित आर्कषक मन्त्रालय दिने तयारी भएको छ । स्रोतले भन्यो–‘यो बिधान संसोधनमा समस्या आएमा मात्र यस्तो हुनेछ ।’   संस्थापन पक्षको बैठकमा कार्यवाहक सभापति पौडेल, महामन्त्रीद्वय सिंह र सिटौला, प्रवक्ता बडु, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, शशांक, बलबहादुर केसी, मीनेन्द्र रिजाल, पद्मनारायण चौधरी, नारायण खडका, कृष्णचन्द्र नेपाली, दीपक गिरीलगायतको उपस्थिति थियो ।

देउवाले आफ्नो पक्षीय केन्द्रीय सदस्यहरूको बैठकमा सबैलाई मिहिनेतसाथ लाग्न आग्रह गरेका थिए । ‘हामी अझै सुविधाजनक बहुमतको अवस्थामा छैनौ सबैले कडा मिहिनेतका साथ अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ,’ एक केन्द्रीय सदस्यले भने । बैठकमा अहिलेसम्म परिणाम आएको १ सय ५५ निर्वाचन क्षेत्रको नतिजाबारे विश्लेषण गरिएको थियो । देउवा पक्षमा रहेका केन्द्रीय सदस्य एनपी सावदले देशभर भइरहेको निर्वाचन परिणामबारे समीक्षा भएको बताए । ‘समीक्षा उत्साहजनक छ । देशभरमा नै सुधार भएको र मतपरिणाम राम्रो आएको निष्कर्ष बैठकमा गरियो,’ सावदले भने, ‘अझै मिहिनेतका साथ अघि बढ्ने भन्दै बैठक सकियो ।’ कान्तिपुरमा समाचार छ । 

]]>