देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हुम्ला काँग्रेस सभापतिमा दयापति रोकाय

देशान्तर

हुम्ला । नेपाली काँग्रेस हुम्ला जिल्ला अधिवेशनबाट सभापतिमा दयपति रोकाय निर्वाचित भएका छन् ।  

त्यस्तै सचिवमा मोहनविक्रम सिंह, कोषाध्यक्षमा दीपकबहादुर सिंह, महिला सदस्यतर्फ रीता भण्डारी, जनजातितर्फ ताराबहादुर लामा, दलिततर्फ हृदय सुनार, अपाङ्गता भएकातर्फ मदन रोकाय, खुलाबाट कैलाश भण्डारी, बलबहादुर खत्री, मानवीर शाही र सुत रावल निर्वाचित  भएका हुन् ।  

त्यस्तै महाधिवशेन प्रतिनिधिमा महिलातर्फ सुशीला रोकाय र रङ्गमति शाही, जनजातितर्फ टसी लामा र तेञ्जेन लामा, दलिततर्फ रामबहादुर टमाटा, अपाङ्गता भएकामा जनकबहादुर शाही, खुलातर्फ धनलाल रोकाया, पदमबहादुर लामा, मोहनविक्रम सिंह, अर्जुना महतरा र कर्णबहादुर रावल निर्वाचित भएको निर्वाचन अधिकृत तिलकबहादुर महतले जानकारी गराए ।  

गत माघ २६ गते जिल्ला कार्यसमितिका लागि निर्वाचन भए पनि सभापति सुशील कोइरालाको निधन भएकाले निर्वाचन परिणाम शनिबार मात्र सार्वजनिक गरिएको हो । 

]]>