देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन लाख रुपैयाँ लिएर जंगल फर्किए राउटेहरु

देशान्तर

काठमाडौं । १ देखि १५ फागुनसम्म ह्ने अर्थात कुलपूजाका लागि खसीको जोहो गर्न काठमाडौं आएका राउटेहरूले तीन लाख ४० हजार नगद बोकेर जंगल फर्किएका छन्। २७ माघमा काठमाडौं आइपुगेका राउटेका तीन मुखिया सूर्यनारायण शाही, वीरबहादुर शाही र डिल्लीबहादुर शाही पाँच दिनपछि आइतबार जंगल फर्किएका हुन्।

काठमाडौंमा उनीहरूले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, एमाओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री र वनमन्त्रीलाई भेटे। अछामबाट २६ माघमा नाइट बसमा यात्रा सुरु गरेका राउटेका तीन मुखिया २७ गते बिहान काठमाडौं आइपुगे। उनीहरू बानेश्वरको एक होटेलमा बसे। खाना खाए। कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको थियो।

राउटेहरू कोइरालालाई श्रद्धाञ्जली दिन रंगशाला पुगे। पार्थिव शरीरलाई एक फन्को लगाएर श्रद्धाञ्जली दिए। उनीहरूले कोइरालाको निधनमा दुस्ख व्यक्त गरेका थिए। राउटेहरूलाई होटेल बसाइ मन परेन । खाना पनि मन परेन। उनीहरू राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीको डेरामा सरे। अधिकारीलाई राउटेहरू भान्जी भन्छन्। उनीहरूलाई काठमाडौं बसुन्जेल अधिकारीकै डेरामा बस्ने र खाने व्यवस्था भयो। उनीहरू ब्रोइलर कुखुराका मासु खाँदैनन्, खसीको मासु खाए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>