देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुन ७ गतेबाट लोडसेडिङ घट्ने

देशान्तर

काठमाडौं । भारतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि लोडसेडिङ करिब दुई घण्टा कम हुने भएको छ। उक्त परिमाणको बिजुली ल्याउनेबारे सोमबार नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपीसी विद्युत व्यापार निगम लिमिटेडबीच सम्झौंता हुँदैछ। आगामी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीबाटै रिमोट कन्ट्रोलको ‘स्विच अन’ गरेपछि ८० मेगावाट विजुली नेपाल आउनेछ।

उक्त परिमाणको बिजुली आएपछि अहिलेको लोडसेडिङ करिब दुई घण्टा कम हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार करिब ६ लाख युनिट बिजुली निरन्तर प्रवाह भए दैनिक एक घण्टासम्म लोडसेडिङ कम हुन्छ। प्राधिकरणले भारतबाट असार दोस्रो सातासम्म ८० मेगावाट बराबर दैनिक १९ लाख ४६ हजार युनिट विजुली किन्नेछ।

ढल्केबर–मुजफ्फरपुर  प्रशारण लाइन ४०० केभीमा निर्माण भए पनि नेपालतर्फ सबस्टेसन तयार नभएकाले तत्काल १३२ केभीमै चार्ज गरेर विजुली ल्याउन लागिएको हो। नागरिक दैनिकमा समाचार छ।

]]>